नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा स्थापित भएको छ । धर्म निरपेक्ष राज्यको रुपमा घोषित सवै जातजाती,धर्म,संस्कृति,रीतिरिवाज,एवं आ आफनो अस्तित्व र पहिचानलाई कायम राख्ने अधिकार पाउनुपर्छ ।
नेपाल वहुजातीय, वहुभाषिक,बहुधार्मिक एवं संस्कृति विविधतामा फैलिएको एक साझा फुलवारी हो । यहाँ सवैको आ आफनो अस्तित्व र पहिचान छ , तर यहाँ विगतमा ईतिहासवारे कलम चलाउनेहरु आफनो पहिचान कायम राख्ने नाममा अर्काको पहिचानलाई मेटाउने प्रयासहरु भएका छन । ईतिहास वंग्याउने काम भएको छ । शासकहरुले ईतिहासलाई तोडमरोड गरेर आफनो पक्षमा पार्ने प्रयासहरु भएको जगजाहेर छ । सत्ता,शक्ति,लोभलालच एवं राजनितिक पृष्ठपोषणका कारण वास्तविक खोज अनुसन्धान विना तथ्यको वास्तविकतामा नगई यहाँका मूल बासीहरुको अस्तित्वमा धावा वोल्ने प्रयासहरु नभएको होईन? जसका कारण कतिपय मूल निवासीहरुको पहिचान संकटमा परेको उदाहरणलाई ईगिंत गर्न सकिन्छ ।
नेपालको तराई तथा भूमिपुत्र आदिवासी थारुहरुको बारेमा विभिन्न विद्धानहरुवाट ईतिहास पुर्नलेखनका प्रयासहरु भएका छन । अझ तोहमरोर गरेका इतिहासप्रति ठोस जवाफ दिन थारु ईतिहासकार, समाजशास्त्री एवं लेखकहरु चनाखो हुने वेला भएको छ । यिनै सन्दर्भमा अदीवासी थारु जातीको ईतिहास सवभन्दा पुरानो हो। आफना अस्तित्व, परम्परा,रीतिरिवाज,कला,संस्कृति,धर्म एवं पहिचानमा अडिग जाती हो थारु जाती । नेपालको आदीम जाती,तराईको धर्तीपुत्र,आदीवासी,कला,संस्कृति,भेष भुषा र रीतिरिवाजमा विशिष्ट मौलिकता भएको जाती हो भन्ने कुरामा प्रमाणिकता छ ।
ईतिहास लेखनका श्रोतहरु मध्ये वंशावली एक महत्वपूर्ण श्रोत मानिन्छ । लिखित वा मौखिक रुपमा छरिएर रहेका तथ्यहरु ,प्रमाणिक आधारहरु एवं पारिवारिक,सामाजिक श्रोतहरुको आधारमा वंशावलीको पुस्ता निर्धारण गरिएका छन । कतिपय थारु वंशावलीका पूर्खाहरुको काल्पिनिक ईतिहास तथ्यको अभाव तथा अवास्तविकताको वयानवाट प्रेरित भएको देखिन्छ । खास गरेर थारु जातीको थर,उप थर ,त्यस भित्रको वर्गीकृत थर र पहिचानका कारण समग्र थारु जातीको राष्ट्रिय जनसांख्यिक पहिचानमा प्रभाव परेको पाईन्छ । थारु जातीको मौलिकता एवं विविधताले धेरै नै थर,उपथर वर्गीकृत थरमा विभाजित छन वंशावली अनुसार तथापि जुनसुकै थर,उपथर,वंशाणुक्रम अनुसार देखिए पनि निचोडमा राष्ट्रिया जातीय पहिचानको मूल अधार नै थारु हो भन्ने कुरामा हामी विश्वस्त हुनुपर्दछ । नेपालभरी र अन्तराष्ट्रिय रुपमा छरिएर रहेका थारु भित्रको समूह,उपसमूह,थर एवं वंश पूर्खाको पहिचान,योगदान र ईतिहासलाई जीवन्तता दिन लोपोन्मूख अलिखित,लिखित दस्तावेजहरुलाई पूर्णता दिन आजको परिवेशमा आधुनिकताका थप प्रमाणहरु पहिल्याई लिखित पुस्तक प्रकाशन गरी भावी पुस्ताका लागि मूर्तरुप दिनु अपरिहार्य भएको छ ।
नेपालको कूल जनसंख्या मध्ये वहुसंख्यक रुपमा रहेको आदीवासी थारु जातीको विभिन्न थर र प्रकार मध्ये खास गरी पूर्वी नेपालको तराईमा वसोवास गर्ने कोचिला थारु अन्र्तत खाँ खमान भित्रको लवाई माईझ वंशावलीको वारे पुस्ता निर्धारण गरी प्रकाश पारिएको छ । जसलाई नंगा वोहरीवाट वढी संवोधन गरिन्छ । यस सन्दर्भमा लवाई माईझ वंशावलीको ईतिहासलाई चर्चा गर्दा यसको ईतिहास धेरै पुरानो छ । यसको वारेमा संक्षेपमा कोटयाउनु पर्दा नेपाल एकिकरण पूर्वका समयमा विभिन्न राज्य रजौटा एवं प्रान्तहरुमा विभाजित थिए । अनेक प्रथाहरु प््रचलनमा रहेको थियो । माईन्जन प्रथा ,खरियानी प्रथा,प्रगन्ना प्रथा,डेउढी प्रथा,किपट प्रथा,गुठी प्रथा ईत्यादी यिनै प्रथाका प्रमुखले सामाजिक संरचनामा र राज्यको महत्वपूर्ण अवस्थाहरुमा मुख्य भूमिका खेलेको पाईन्छ । तत्कालिन राजनैतिक,सामाजिक,सांस्कृतिक एवं आर्थिक क्षेत्रमा प्रभाव पारेको स्पष्ट हुन्छ । खास गरी थारु वसोवासका क्षेत्रहरुमा मेची देखि महाकालीसम्मका थरुहट क्षेत्रमा भएका भाषिक तथा सांस्कृतिका आक्रमण वर्तमानले पनि विगतको ईतिहासलाई स्मरण गराउछ । यस क्षेत्रको मानव वस्ती निर्माणमा खेलेको भूमिका तत्कालिन अवस्थामा रहेका वन जंगलमा वाघ भालु जस्ता हिंस्रक जनावार एवं मलेरिया जस्ता घातक रोगवाट लडदै वच्दै सांस्कृतिक आक्रमणको शिकार हुदा पनि यसको प्रति रक्षा गरेका उद्दत योद्धा नै थिए लवाई माईझ । तत्कालिन समयमा रहेका प्रान्तीय संरचना अन्र्तगत माईन्जन प्रथाका अगुवा प्रगन्ना प्रथाका अग्रजका रुपमा सामाजको परिवर्तनमा अहम भूमिका खेलेको मौलिक ईतिहास छ । करिव पन्ध्रऔ पुस्ता अगाडीका लवाई माईझका सखा सन्तान नंगा वौहरी उनकै अनुसरण गरी सामाजिक परिवर्तनका कार्यमा गरेको योगदानले गर्दा वहाँ ख्याति कमाए र तत्कालिन समाजको जनजिव्रोमा वर्तमानसम्म नंगा वोहरी प्रचलनमा आएको कुरा वंशावली दस्तावेज थारु लिखित मौखिक कथनहरु लवाई माईझ वंशावली पारिवारिक श्रोत तथा सम्वन्धित खोज अनुसन्धानवाट उल्लेख भएको पाईन्छ । यसका तथ्य वास्तविकता र ठोस ईतिहासको अझ नजिक पुग्न खोज र अनुसन्धान गर्न कोशिष हुनुपर्दछ । सप्तरी,सिरहा,उदयपुर,सुनसरी,मोरंग,झापा लगायत नेपालका अन्य जिल्लाहरुमा छरिएर रहेका यस वंशावलीको पूर्ण खोज तलास एवं केही पुस्ताहरु नभेटिएको अवस्था
| क्रम | पद | नाम | ठेगाना |
| 1 | सदस्य | श्री खई नारायण चौधरी | सिरहा सिङ्गराही |
| 2 | सदस्य | श्री शंकर चौधरी | उदयपुर गाईघाट |
| 3 | सदस्य | श्री कानुन चौधरी | सुनसरी बविया |
| 4 | सदस्य | श्री बंशी लाल चौधरी | सुनसरी कमरखत |
| 5 | सदस्य | श्री परशुराम चौधरी | सुनसरी ईकराही |
| 6 | सदस्य | श्री मिश्री लाल चौधरी | सुनसरी बकैनिया |
| 7 | सदस्य | श्री लक्ष्मण चौधरी | सुनसरी परिहारपुर |
| 8 | सदस्य | श्री भीम नारायण चौधरी | सुनसरी परिहारपुर |
| 9 | सदस्य | श्री हुलसी चौधरी | उदयपुर जलजले |
| 10 | सदस्य | श्री प्रथम लाल चौधरी | उदयपुर देउरी |
| 11 | सदस्य | श्री सत्य नारायण चौधरी | सिरहा शिवनगर |
| 12 | सदस्य | श्री सूर्य नारायण चौधरी | सिरहा रामपुर |
| 13 | सदस्य | श्री घेल्टु चौधरी | सिरहा जटियाही |
| 14 | सदस्य | श्री नाथु चौधरी | सिरहा एकरतिया |
| 15 | सदस्य | श्री फागु चौधरी | सिरहा सिङ्गराही |
| 16 | सदस्य | श्री नन्दी लाल चौधरी | सप्तरी कठौना |
| 17 | सदस्य | श्री विश्वनाथ चौधरी | सिरहा परिया |
| 18 | सदस्य | श्री रामानन्द चौधरी | सिरहा पड़रिया |
| 19 | सदस्य | श्री दुर्गा नन्द चौधरी (शिक्षक) | सिरहा पड़रिय |
| 20 | सदस्य | श्री रेशम लाल चौधरी | सप्तरी महुलिया |
| 21 | सदस्य | श्री इन्द्र लाल चौधरी | सप्तरी मटिगढि |
| 22 | सदस्य | श्री विजली चौधरी | सप्तरी कशमहार |
| 23 | सदस्य | श्री गया प्रसाद चौधरी | सप्तरी सोहर्वा |
| 24 | सदस्य | श्री गणर्पात चौधरी | सप्तरी सवैया दामावतीघोधिदाहा |
| 25 | सदस्य | श्री सत्य नारायण चौधरी | सप्तरी घोधिदाहा |
| 26 | सदस्य | श्री सुनर चौधरी | सप्तरी मधुपट्टि |
| 27 | सदस्य | श्री वांधी लाल चौधरी | सप्तरी मधुपट्टि |
| 28 | सदस्य | श्री मोहित लाल चौधरी | सप्तरी अमहा |
| 29 | सदस्य | श्री मणि लाल चौधरी | सप्तरी हरदिया |
| क्रम | जिल्ला | गाउँ | घरधुरी | जनसंख्या |
| क्रम | पद | नाम | ठेगाना |
राष्ट्रिय समिति, नेपाल
labaimaijh@gmail.com
9842824011
© लबाई माइझ थारु बंशावली. All Rights Reserved. Designed by Webpay